शुक्रवार, 20 अगस्त 2010

मेरो दार्चुला को बारेमा




  • दार्चुला शव्द उच्चारण गर्दा दारचूला भए पनि स्थानीय भाषाको दुईवटा शव्द धार र चूला वाट विकसित भएको हो । स्थानीय भाषामा धारको अर्थ पहाडको अग्लो चुचुरो र चुलाको अर्थ चुल्हो हुन्छ । यस भेगमा खान पकाउन प्रयोग गरीने चुल्होहरु प्रायः एक समानका तिन ओटा ढुङाहरुमा माटो पोतेर चुचुरो को आकारमा वनेका हुन्छन् । यसरी तिनै तिर चुचुरो धार जस्तो चुल्हो वनाई खान पकाउने ठाउँ भएकाले धारचुला नाम रहेको र धारचुला पछि अपभ्रंस भई दारचुला र त्यसपिछ दार्चुला वन्न गएको हो भन्ने एक थरिको भनाई रहेको छ ।
  • अर्को किम्वदन्ति अनुसार यहाँ स्थित तिन वटा पहाडका चुचुराहरु वर्तमानमा एक पहाड भारत र दुई वटा पहाड नेपाल मै रहेका छन् । फेदी वाट हेर्दा धार परेको जस्तो स्थानीय चुल्होको आकारमा चुचुरो देखिन्छ । प्राचिन कालमा व्याँस हिमालवाट व्याँस ऋषि तपस्या गरी फर्कदा यी तिन धारहरुको चुल्हो वनाई भात पकाई खाएको हूनाले यो ठाउको नाम धारचूला रहन गएको र धारचूला शव्द अपभ्रंस भई दार्चुला रहेको हो भन्ने अर्का भनाई रहेको छ।
  • दार्चुला जिल्लाको सिमाना चीनको तिव्वत क्षेत्र सित जोडिएको छ । तिव्वत संग व्यापार गर्ने यहाँको प्रमुख नाकाको रुपमा व्याँस क्षेत्र रहेको छ । व्याँसवाट तिव्वत क्षेत्रमा आवत जावत गर्दा एउटा भन्ज्याङ् पार गरी जानुपर्ने हुन्छ । जसलाई तिव्वति भाषामा "ला" भनिन्छ । यो भन्ज्याङ् तिव्वत सित व्यापार गर्ने द्वार बाटो भएकोले द्वार र ला शब्दहरु मिलि दार्चुला नाम रहन गएको हो भन्ने पनि अर्को भनाई पाईन्छ 
  • दार्चुला जिल्ला एक हिमाली जिल्ला हो। यहाँको सबै भन्दा बढी उचाईँ भएको ठाउँ अपी हिमालय(उचाईँ-), व्यास हिमालय (उचाईँ-) र त्रिशुल हिमालय (उचाईँ-) चुचुरा हुन् भने सबै भन्दा होचो स्थानजौलजीवी हो। दार्चुला जिल्लाको उत्तरमा चीनको स्वशाषीत क्षेत्र तिब्बत, दक्षिणमा महाकाली अञ्चलको बैतडी जिल्ला पश्चिममा भारतको उत्तराखण्ड राज्य र पूर्वमा सेती अञ्चलको बझाङ जिल्ला र बैतडी जिल्ला पर्दछन 

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें